महोत्तरीको बर्दिवास ८ मा खसी चोर्ने गिरोहको विगविगी – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

महोत्तरीको बर्दिवास ८ मा खसी चोर्ने गिरोहको विगविगी

    मा प्रकाशित

कनिका खबर
भदौं १९,महोत्तरी

महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ८ हात्तिलेटमा खसी चोर्ने गिरोहको वीगवीगी बढेको छ ।
वडा नं. ८ हात्तिलेटमा २ दिन यता ४ वटा खसी चोरी भएको छ । बुधवार राती स्थानिय टेक बहादुर भुजेलको बाख्राको खोरको ढोका फुटाएर २ वटा खसी चोरेर लगेको पिडित भुजेलले बताउनुभएको छ । यसैगरी वडा नं. ८ कै डिपुटोका नेकपाका वडा सदस्य चीत्र बहादुर जर्घाको पनि २ वटा खसी बुधवारै राती चोरी भएको हो । त्यसैगरी गएराती पनि वडा नं. ८ मै स्थानीय नागेन्द्र मण्डलको बाख्रा खोर नजिकै मध्यरातमा संकास्पद व्यक्ती देखेको र आफुलाई देखेपछि ती व्यक्ती फरार भएको मण्डलले बताउनु भयो । दसैँ नजिकिए सँगै खसी चोरका गिरोहहरुको वडा नं. ८ मा वीगवीगी बढेको स्थानीयको गुनासो छ । दिउँसो ग्राहक बनेर आउने खसीको मोलतोल गरी फर्कने र राती चोरेर लाने गरेको खसी चोरी भएका पडित भुजेलले बताउनु भायो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्