गौशाला नगरपालिकाद्वारा स्वास्थ्य सेवाको बजेटलाइ पहिलो प्राथमिकता – Kanika Khabar
Monday, July 27Nepali News Portal

गौशाला नगरपालिकाद्वारा स्वास्थ्य सेवाको बजेटलाइ पहिलो प्राथमिकता

    मा प्रकाशित

कनिका खबर
भदौं १९, महोत्तरी
महोत्तरीको गौशाला नगरपालिकाले चालु आर्थिक बर्षमा स्वास्थ्य सेवाको बजेटलाई पहिलो प्राथमिकतामा राखेको छ । बिश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) लाई मध्यनजर गरी स्वास्थ्य सेवामा केन्द्रित गरी वजेट विनियोजन गरेको नगरपालिकाका सुचना अधिकारी रंजित बर्माले जानकारी दिनुभयो । अहिलेको अबस्थामा आयुर्बेदको भुमिका मुख्य रहेकाले शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको पहलमा आयुर्बेद चिकित्सा शिक्षा कार्यक्रम अन्र्तगत आफनो बजेट बाट १ करोड २५ लाखको र बाँकी अन्य स्रोतबाट संचालन गर्नेगरी आयुर्बेद शिक्षा ल्याउन लागेको पनि बर्माले जानकारी दिनुभयो । हाल नगरपालिका भित्र ६ वटा स्वास्थ्य चौकी र १ वटा उपस्वास्थ्य चौकी रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्