विश्वमा कोरोनाको कारण ८ लाख ७३ हजारको मृत्यु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

विश्वमा कोरोनाको कारण ८ लाख ७३ हजारको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १९, दाङ
विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ७३ हजार २३३ पुगेको छ । हाल सम्म २ करोड ६४ लाख ७१ हजार ७३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८८ हजार २४६ मा नयाँ सङ्क्रमण देखिएको छ भने ५ हजार ९ सय १ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमित १ करोड ८६ लाख ५३ हजार १७२ जनाले कोरोनालाई जितेका छन् भने ६९ लाख ३३ हजार ३५१ जना सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६० हजार ८७४ जनाको अवस्था गम्मीर छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना सङ्क्रमित छन् भने १ लाख ९१ हजार ५८ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्