राजपुरमा नेकपा परित्याग गरी १९ जना कांग्रेसमा प्रवेश – Kanika Khabar
Thursday, March 28Nepali News Portal

राजपुरमा नेकपा परित्याग गरी १९ जना कांग्रेसमा प्रवेश

    मा प्रकाशित

शिवराज खनाल
लमही,२० भदौ ।

देउखुरीको राजपुर गाउँपालिकामा नेकपा परित्याय गरि १९ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुले सामुहिक रुपमा नेकपा पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको समेत जनाएका छन् । यस अघि आफुहरु नेकपाका कार्यकर्ता भएको र अब नेकपा परित्याग गरि नेपाली कांग्रेसमा विचार धारामा प्रवेश गरेको उनीहरुले भदौ १८ गते जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुमा राजपुर गाउपालिका वडा नम्बर २ निवासी नन्दलाल महरा , दुजा महरा , खिमबहादुर महरा , कुलबहादुर नेपाली ,प्रुभोज थापा, ढेम्मा थापा , दुर्गा बहादुर थापा, सुकुमा थापा , खडक बहादुर थापा, भेजा थापा , पुनाराम कुवर , भिमा कुवर, सरस्वती कुवर, भिमबहादुर कुवर ,गोबिन्द महरा ,सिमा कुमारी महरा ,तिलप्रसाद पुन, पिउमाली पुन,प्रेम बहादुर थापा रहेका छन ।

राजपुर गाउँपालिकामा नेकपाका नेताहरु व्यक्तिवादी भएको र जनहित विपरित कार्य गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरु असन्तुष्टि हुदै कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्