अब ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अब ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने

    मा प्रकाशित

कनिका खबर
भदौं २१, काठमाडौं
अबदेखी नदी र खोलाबाट ढुंगा गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने भएको छ । सरकारले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन विक्रि र व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ जारी गरेपछि जो कोहिले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्न नपाउने भएका हुन् । संघीय सरकारले तयार पारेको मापदण्ड सातवटै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय तहलाई कार्यान्वयन गर्नका लागि परिपत्र गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मापदण्डमा ढुङ्गा गिटट्ी, तथा बालुवा उत्खनन, विक्री र व्यवस्थापन गर्ने बारेमा व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सहसचिव बसन्त अधिकारीले सीआईएनसँग बताउनुभयो । मापदण्ड अनुसार यसबाट संकलन भएको राजस्वबाट ६० प्रतिशत स्थानीय तहलाई र प्रदेश सरकारलाई ४० प्रतिशत राजस्व दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । साउन ५ गते बसेको मन्त्रिपरिषदको बैठकले मापदण्ड स्वीकृत गरे लगत्तै लागू भइसकेको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्