यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने – Kanika Khabar
Monday, July 27Nepali News Portal

यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने

    मा प्रकाशित

कनिका खबर
भदौं २१, काठमाडौं
केन्द्रीय तथ्याङ्क विभागले यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने जनाएको छ । विभागले गत जेठ पहिलो साता राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै कोरोना महामारीका कारण आर्थिक क्रियाकलाप पूर्णरुपमा सञ्चालन हुन नसक्दा आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशतमा सीमित रहने जनाएको थियो । तर, पछिल्लो तीन महिनायता पनि आर्थिक क्रियाकलापमा कुनै सुधार नआएकाले आर्थिक वृद्धिद्धर ऋणात्मक हुने देखिएको विभागले जनाएको छ । विभागले आर्थिक वर्ष २०७६ ÷०७७ को नौ महिनामै तथ्याङ्क सार्वजनिक गरेर आर्थिक वृद्धिद्धर साढे २ प्रतिशतमा सीमित रहने भनेपनि अहिले विविध कारण देखाउँदै तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ । तर, विभागले उद्योगको अवस्थाबारे पूर्ण जानकारी नआएकोले तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ भइरहेको दाबी गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्