लकडाउनले कोरोना रोक्यो, तर भोक रोकेन – Kanika Khabar
Friday, March 29Nepali News Portal

लकडाउनले कोरोना रोक्यो, तर भोक रोकेन

    मा प्रकाशित

कनिका खबर
भदौं २१, बाजुरा
कोराना रोकथाम तथा नियन्त्रण गर्न भन्दै गरिएको लकडाउनले बाजुराका हलिया समुदायमा खाद्यान्न अभाव भएको छ । एकातिर कामै नपाउने अर्कोतिर महङ्गी । बुढीनन्दा नगरपालिका वडा नम्बर एकका एकसय २४ परिवारलार्ई छाक टार्न धौ धौ भएको छ । बाजुरामा लकडाउन भएपछि ज्याला मजदुरीको काम नपाइएको र यसले गर्दा बिहान बेलुकाको छाक टार्न समस्या भएको हलिया समुदायका व्यक्तिहरू बताउँछन् । स्थानीय अमृता सार्कीले रुँदै भन्नुभयो, ‘खेताला लाग्दा खाना थियो तर अहिले खाने चारो छैन । नुन किन्यो तेल छैन, तेल किन्यो नुन छैन । हामीले कसरी पालिने ?’ कोरोना भाइरसको त्रासले चैत यता कार्यालयहरू राम्रोसँग सञ्चालन भएका छैनन् । विकास निर्माणका काम पनि प्रभावित भएका छन् भने पसल नखुल्दा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा परेका छन् । बुढीनन्दा नगरपालिका वडा नम्बर एकका सरि ल्वारले भन्नुभयो, ‘हाम्रो घरमा खाने चारो छैन, केही छैन । श्रीमान् बाहिर जानुहुन्थ्यो कमाएर ल्याउनुहुन्थ्यो, त्यही खान्थ्यौं । त्यो पनि अहिले छैन । काम गरेर खान्थ्यौं, यो लकडाउनले काम पनि छैन ।’ साहुको काम गरेर दैनिक गुजारा चलाइरहेका हलिया परिवारलाई कोभिड १९ ले प्रभाव पारेको छ । काम पनि पाइएको छैन, त्यसमाथी महङ्गीले झन् समस्या थपिएको हिक्मत वड बताउनुहुन्छ । वडले भन्नुभयो, ‘अर्काको हलो बाहेर खाने हलिया हौं । राहतको नाममा एक एक कट्टा चामल पाए, १३ जना घरपरिवार । निम्न हलियावस्तीलाई छुटाइएको छ राहतमा पनि नगरपालिका, संघसंस्थाबाट । कहीकतैबाट मजदूरी गरेर, सापट÷पैंचो मागेर ल्याइएको ऋणबाट पनि बजार जाँदा चामल किन्न पाइएको छैन । पाइहालेमा पनि ४० केजीको ४ हजार ÷ ४५ सय हातमा दिंदा पनि व्यापारिले दिएको छैन ।’ वडा नम्बर १ मा बसोबास गर्ने एकसय २४ परिवार सहजै काम पाउने दिनको प्रतिक्षामा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्