कनिका खबर
भदौं २१, काठमाडौं
बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । हिजो बडीगाड गाउँपालिका वडा नम्बर ५, न्वारमा बडिगाड खोलाको किनारमा दुईओटा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । फेलापरेका मध्ये दुई शवको सनाखत हुन सकेको छैन । बाढी, पहिरोमा परेर हराइरहेकाहरुको नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको छ । बाढी र पहिरोले ८० घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । यसैबीच, गण्डकी प्रदेश सरकारले बाढीपहिरो पीडितलाई अस्थायी बसोबासका लागि तत्काल एकलाख रुपैयाँ दिने भएको छ । पीडितले आफ्नै जग्गा तर सुरक्षित स्थलमा घर बनाएमा प्रदेश सरकारले एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सीआईएनलाई जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले प्रति मृतक परिवारलाई जनही ५० हजार रुपैयाँका दरले १४ परिवारलाई राहत रकम वितरण गरेको छ ।
मा प्रकाशित


