सांसद प्रेम सुवाललाई कोरोना सङ्क्रमण – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

सांसद प्रेम सुवाललाई कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौं २१, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना सङ्क्रमण भएको छ । कन्ट्रयाक ट्रेसिङ्गमा परेपछि शङ्का लागेर यही भदौ १५ गते उहाँले परीक्षणका लागि स्वाब दिनुभएको थियो । हिजो आएको रिपोर्टमा उहाँमा कोरोना पोजेटिभ अर्थात् सङ्क्रमण भएको पुष्टि भएको हो । रिपोर्ट आएसँगै उहाँ होम आइसोलेसनमा बस्नुभएको छ । आजदेखी उहाँको सम्पर्कमा आएका सबैको कन्ट्रयाक ट्रेसिङ गरिने बताइएको छ । उहाँको ट्राभल हिस्ट्री खोजिने कार्य भइरहेको छ । भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उहाँमा कोरोना पुष्टि भएको हो । उहाँ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्