रोल्पामा नेकपा त्याग गरी ५२ जना काङ्ग्रेसमा प्रवेश – Kanika Khabar
Tuesday, October 13Nepali News Portal

रोल्पामा नेकपा त्याग गरी ५२ जना काङ्ग्रेसमा प्रवेश

    मा प्रकाशित

कनिका खबर
भदौ २१, रोल्पा ।
रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका वडा नं. ५ हापखोला भन्ने ठाउँमा दिल बहादुर बस्नेतको नेत्तृत्वमा नेकपा परित्याग गरी ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जनमुक्ति सेनाका कमान्डर, वाइसिएल र एसिमका कमान्डरसहितका ५२ जनाले आज आइतबार काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
रोल्पा जस्तो जिल्लामा हामी जस्तो किसान र गरिबको काँधमा बन्दुक बोकाएर झुटको खेती गरी आफू सत्तामा पुगेर आफूजस्तो निमुखा र दस वर्ष जनयुद्धका सिपाहीलाई अपमान गरेको भन्दै आज आएर देश जनताको निम्ति सधै लडाइँ गरेको पार्टीमा प्रवेश गर्न लागेका उनीहरुले बताए । ‘आजकै मितिबाट कांग्रेस रहेर समाज र देशको लागि केही गर्न कोसिस गर्ने छौ, आश छ हाम्रो दुखसुखमा नेपाली कांग्रेसले सधै साथ सहयोग गर्नेछ ।’ भन्दै उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्