प्रथम राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा दाङलाई रजत पदक – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रथम राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा दाङलाई रजत पदक

    मा प्रकाशित

दाङ,२१ भदौ ।

प्रथम राष्ट्रिय भर्चुअल हाप्किाडो च्याम्पियनसिप–२०७७ मा दाङ मार्शल आर्ट्स हाप्किडो संघले रजत पदक प्राप्त गरेको छ ।

नुवाकोट मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको सहकार्यमा भदौ १० गतेदेखि १५ गतेसम्म भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ–डिफेन्स हाप्किडो च्याम्पियनसिप–२०७७ मा दाङ मार्शल आर्ट्स हाप्किडो संघले रजत पदक प्राप्त गरेको हो ।

मार्शल आर्ट्स हाप्किडो संघ दाङको टिमबाट सहभागी खेलाडी चेतन वली र गोपाल बिकले टिमलाई रजत पदक दिलाएका थिए । रजत पदक प्राप्त गरेको दाङले नगद साढे सात हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा मार्शल आर्ट्स हाप्किडो संघ नुवाकोट जिल्लाको टिम स्वर्ण पदक प्राप्त गरेको थियो ।

उक्त टिममा खेलाडीहरु समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङको सहभागिता रहेको थियो भने मार्शल आर्ट्स हाप्किडो संघ कास्की काश्य पदक प्राप्त गरेको हो । जसमा खेलाडीहरु कृतिका गिरी र अन्जना परियारको सहभागीता रहेको थियो । प्रथम हुने आयोजक नुवाकोटले

स्वर्ण पदक प्राप्त गर्दै १० हजार रुपैयाँ र कास्य पदक प्राप्त गर्ने कास्कीले नगद ५ हजार रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सात प्रदेशका विभिन्न जिल्ला हाप्किडो संघ मध्य ३० जिल्लाका विभिन्न क्लब, स्कूल, डोजाङबाट ८० समूहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा रेफ्री, जजको जिम्मेवारी टेक्निकल कमिटीका प्रमुख तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङ रहेका थिए ।

प्रथम राष्ट्रिय भर्चुअल सेल्फ(डिफेन्स हाप्किडो च्याम्पियनसिप (२०७७ को लागि पुरस्कार प्रायोजन हेल्थ एन्ड एजुकेशन नेपालका अध्यक्ष, राजनितिज्ञ तथा समाजसेवी जगत बहादुर लामाले गरे ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा काठमाडौंमा सन् २०२२ मा अगस्त २६,२७ र २८ मा हाप्किडो वर्ल्डच्याम्पियनसिप तथा हाप्किडो वर्ल्ड क्लास सेमिनारको आयोजना गर्नका लागी तयारीमा जुटेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्