यसरी बढाउन सकिन्छ बाइक तथा स्कुटरकाे माइलेज – Kanika Khabar
Friday, February 14Nepali News Portal

यसरी बढाउन सकिन्छ बाइक तथा स्कुटरकाे माइलेज

    मा प्रकाशित

सञ्जिव पछाइ

भदाै २२, दाङ ।

Buy Baybee R1 Racer Battery Operated Bike for Kids Motor Bike for Kids-Electric Bike for Kids/Bike for Kids to Ride Girls and Boys ( Blue ) Online at Low Prices in India -

तपाईंलाई आफ्नाे बाइक तथा स्कुटरमा माइलेज बढाउन मन छ हाेला । बाइक तथा स्कुटर चढ्ने मानिसले सबैभन्दा पहिला बुझने वा सोध्ने विषय माइलेज हो । अझ हाम्रो जस्तो इन्धन परर्निभर देशमा माइलेजले धेरै महत्व राख्छ । कुनै पनि बाइक किन्ने मानिसले गर्ने निर्णयमा सबैभन्दा महत्वपूर्ण विषय नै माइलेज हो । हाम्रो बजारमा बाइक बिक्रेता कम्पनीले सबैभन्दा बढी प्राथमिकता दिने विषय पनि आफ्नो बाइक तथा स्कुटरको माइलेज नै हो । बजारमा कम माइलेजकै कारण कतिपय बाइकहरु बिक्री हुन नसकेको हामीले देखेका छौं । त्यसैले हामी तपाईंलाई माइलेज इम्प्रुभ गर्नको लागि र नयाँमा जस्तै माइलेज निरन्तर राख्नको लागि केही टिप्स दिन गइरहेका छौं ।

१. समयमै आफ्नो बाइकको सर्भिस गर्नुहोस् । समयमा बाइकको सर्भिसिङ गर्नाले मेसिनहरु छिटो बिग्रने सम्भावना कम हुन्छ । लामो समयसम्म सर्भिसिङ नगरिएका बाइकको इन्जिनले भन्दा सर्भिस गरिएका सफा इन्जिनले माइलेज धेरै दिन्छ । साथै, सर्भिसको समयमा बाइकमा कम्पनीले नै निर्धारण गरेको इन्जिन आयलको प्रयोग गर्नुहोस् ।

२. समयमै सर्भिसिङ गरिसकेपछि, राम्रो माइलेजका लागि कार्बुरेटर सेटिङ एडजस्ट गर्नुहोस् । बाइकले खराब माइलेज दिएको समयमा कार्बुरेटरलाई रिट्यून गरी माइलेज इम्प्रुभ गर्न सकिन्छ ।

३. माइलेजका लागि टायरको पनि महत्वपूर्ण भुमिका रहन्छ । टायरमा हावाको चाप कम भएकाे छ भने बाइकले कम माइलेज दिन्छ । त्यसकारण टायरको चापलाई ब्यालेन्समा राखेर चलाउँदा माइलेज बढाउन सकिन्छ ।

४. थ्रोटललाई एकरुपताका साथ प्रयोग नगर्दा तथा अनावश्यक ब्रेकिङले पनि बाइकको फ्यूल खर्च बढी गर्छ । त्यसकारण बाइकलाई हलुकासँग एक्सलरेसन गर्नुहोस् । त्यस्तै, सर्ट गियरमा हुने हाई आरपीएम लेभलमा एक्सलेरेसन नगर्नुहोस् । साथै, बाइकलाई एउटै स्पिडमा तथा गियरको अनाबश्यक प्रयोग नगरी गुडाउनुहोस्, जसले राम्रो माइलेज दिन्छ । त्यसकारण पनि, अधिकांश २ ह्वीलर कम्पनीले बेस्ट माइलेजका लागि बाइकलाई ५०–६० किलोमिटर प्रतिघन्टाको स्पिडमा चलाउनुपर्ने बताउँछन् । बाइकको स्पिडले नै माइलेज निर्धारण गर्छ ।

५. ट्राफिक जामको समयमा इन्जिनलाई चालु नराख्नुहोस् यसले खराब माइलेज दिन्छ । जाममा हुँदा इन्जिन बन्द गरेर बस्नुहोस् यसरी पनि बाइकको माइलेज बढाउन सकिन्छ । ट्राफिक लाइट बलिरहेको समयमा इन्जिनको स्विच अफ गर्न नबिर्सनुहोस् ।

६. बाइक पार्किङ गर्दा सिधा प्रकाशबाट जोगाउनुहोस् । घामको बढी तातोले केही मात्रामा इन्धन खर्च हुन्छ । सुरुमा थोरै मात्रै इन्धन खर्च हुने देखिए पनि ३० दिनसम्ममा यसको असर पर्छ ।

७. समय–समयमा बाइकको चेनलाई सफा गर्नुहोस्, र लुब्रिकेसन गर्नुहोस् । यदि तपाईं धुलो तथा बालुवाहरु भएको ठाउँमा हुनुहुन्छ भने, बाइकलाई क्लिनिङ तथा लुब्रिकेसनको आवश्यकता पर्छ । यसो गर्नाले बाइकको चेन घुम्न सहज हुन्छ भने माइलेज पनि बढी दिन्छ ।

८. बाइकको स्पेयर पार्टस जेनुयन प्रयोग नगर्दा पनि माइलेजमा ह्रास आउँछ । त्यसैले सधै जेनुयन पार्टको मात्रै प्रयोग गर्नु पर्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्