चितवनमा थप ७३ जनामा काेराेना पुष्टि – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

चितवनमा थप ७३ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खवर
भदाै २२, चितवन ।
पछिल्लो अद्यावधिक अनुसार अाज साेमबार चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । यस्तै ३६२ जनाको भने कोरोना नेगेटिभ देखिएको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३३ जना चितवनका छन् । यस्तै नवलपुरका ३ जना, रौतहटका २ जना,  धनुषा, अर्घाखाँची,  झापा,  पर्सा, कपिलवस्तु र सुनसरीका एकएक जना रहेको अस्पतालले जनाएको छ ।

अन्य जिल्लाका संक्रमितहरु बीपी कोइराला मेमोलियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका ११ जना, रत्ननगरका ६ र खैरेनीका २ जना गरी चितवनका १९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै हेटौँडाका ६ जना, वकैया, मनहरीका एक/एक जना गरी मकवानपुरका ८ जना, शुक्लागण्डकी र भानुका एक/एक जना गरी तनहुँका २ जना तथा नवलपुर देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्