कर्णालीमा विद्यालयमा निर्माण गरिएका आइसोलेसन सेन्टर स्थानान्तरणका लागि प्रक्रिया शुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

कर्णालीमा विद्यालयमा निर्माण गरिएका आइसोलेसन सेन्टर स्थानान्तरणका लागि प्रक्रिया शुरु

    मा प्रकाशित

शंकर के सी,
सल्यान, २२ भदौ ।

विद्यालयमा निर्माण गरिएका आइसोलेसन सेन्टर स्थानान्तरणका लागि कर्णालीमा प्रक्रिया शुरु भएको छ । सोमबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सल्यानको कपुरकोट गाउँपालिकाले हाल सञ्चालनमा रहेको आइसोलेसन र आइसोलेसन स्थापनाका लागि आवश्यक पर्ने नयाँ ठाउँको अवलोकन गरेका छन् ।

कर्णालीको नाकामा रहेको कपुरकोेटमा सञ्चालन भएको ५० सैयाको आइसोलेसन कसरि स्थानान्तरण गर्न सकिन्छ भन्ने विषयमा स्थलगत अवलोकन गरिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थय सेवा महाशाखाका जनस्वास्थ्य अधिकृत करुणा भट्राइले बताइन् । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने विषयहरु अघि सारिरहेको बेला कपुरकोट नाकाको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको आइसोलेसन सेन्टरलाई नयाँ ठाउँमा सार्नका लागि अनुगमन गरिएको भट्राइको भनाइ छ ।

गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकरोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेन, गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, सामाजिक विकास मन्त्रालय कर्णालीका मानव संशाधन विकास स्वास्थ्य तालिम केन्द्रका प्रमुख एकराज चन्द, जनस्वास्थ्य अधिकृत करुणा भट्राई, कपुरकोटका स्वास्थ्य संयोजक अरुण दाहाल, कोभिड–१९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेन लगाएतको टोलिले नयाँ ठाउँमा आइसोलेसन सेन्टर निर्माणका लागि कपुरकोट ३ स्थित क्याम्पस भवन रहेको स्थानको अवलोकन गरेको हो ।

उक्त स्थान आइसोलेसन सेन्टर बनाउनका लागि उपयुक्त रहेको गाउँपालिका अध्यक्ष सेनले बताए । हाल सञ्चालनमा रहेको आइसोलेसन र नयाँ ठाउँको अवलोकन पश्चात रिपोर्ट तयार गरेर मन्त्रालयमा पेश गरिने जनस्वास्थय अधिकृत भट्राइले बताइन् । कर्णालीमा अधिकांश क्यारेन्टीन र आइसोलेसन विद्यालयमा नै रहेका छन् । यसकारले गत साउनमै विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्