मा प्रकाशित
कनिका खबर
भदौ २२, कपिलबस्तु ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जना पत्रकारको मृत्यु भएको छ । जिल्लामा एकजना कोरोना संक्रमित ६० वर्षका पत्रकार को मृत्यु भएको हो । उनी जिल्लामा रहेर दुई दशकदेखि पत्रकारितामा कलम चलाइरहेका थिए । उनको आज सोमबार दिउँसो निधन भएको हो ।
आज दिउँसो २ बजे कपिलवस्तु अस्पतालमा मृत्यु भएको उनको मृत्युपछि बेलुका ५ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए ।


