मा प्रकाशित
कनिका संवाददाता
बैशाख २४, दाङ ।
नेपालमा एकै दिन बुधवार १७ जनामा कोरोना
पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विरगन्जमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा दुई महिने शिशु समेत रहेको जनाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको संख्या ९९ पुगेको छ ।
यसैगरी स्वास्थ्य मन्त्रालयका अनुसार २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।