महोत्तरीमा भंसार छलि ल्याईएको सामान बरामद – Kanika Khabar
Friday, May 16Nepali News Portal

महोत्तरीमा भंसार छलि ल्याईएको सामान बरामद

    मा प्रकाशित

कनिका खवर
भदौ २३, महोत्तरी
भन्सार छलि ल्याईएको करीब ३४ हजार बराबरको सामान महोत्तरी प्रहरीले बरामद गरेको छ । हिजो साझ ५ बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालीका ३ मलिवारा चौक स्थित भारतबाट भंसार छलि ल्याउदै गरेको अबस्थामा उक्त समान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मलिवाराबाट गस्तिमा खटिएको प्रहरी टोलिले चार मिनार गोल्ड ११ प्याकेट , रजनिगंधा र तुल्सि ४/४ प्याकेट र मटर २० बोरा ५ सय किलो गरी करीब अंदाजी मुल्य ३३ हजार ७ सय ७५रुपैया बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एबम प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएको समान आवश्यक कारवाहीको लागी जलेश्वर भंसार कार्यालय मलिवारा पठाईएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्