भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषध बरामद – Kanika Khabar
Saturday, August 15Nepali News Portal

भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषध बरामद

    मा प्रकाशित

कनिका खबर
भदौ २३, भक्तपुर
महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । ना.३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसद भक्तपुरका प्रबक्ता दीपक गिरीका अनुसार सो ट्रकमा अन्य सामान पनि ल्याइएको थियो । सोही ट्रकमै लागुऔषध पनि फेला परेको प्रहरीले जनाएको छ । ट्रकमै सवार सिन्धुपाल्चोकका दुईजना र लागुऔषध खरिदकर्ता शंकर खड्कालाई पक्राउ गरिएको प्रबक्ता गिरिले बताउनुभयो । उनीहरुको साथबाट ९३ सय थान डाइजेपाम र ३६ सय थान नाइट्रोसन ट्याबलेट बरामद भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्