महोत्तरीमा जारी निषेधाज्ञालाई आज बाट केहि खुकुलो – Kanika Khabar
Sunday, July 19Nepali News Portal

महोत्तरीमा जारी निषेधाज्ञालाई आज बाट केहि खुकुलो

    मा प्रकाशित

कनिका खबर
भदौ २३, महोत्तरी
महोत्तरीमा जारी निषेधाज्ञालाई केहि खुकुलो बनाइएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको समय गए राति १२ बजे समाप्त भएपछि भदौ ३१ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै पुनः भदौ मसान्त सम्म थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम निषेधाज्ञाको स्वरुप परिवर्तन गरी जिल्लाभर निषेधाज्ञा जारी नै रहेको प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनुभयो । त्यस्तै अबको निषेधाज्ञाको अवधिमा सबै पसल व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई दिन भरी नै खोल्न पाइने भएको छ । तर हाट बजार होटल ,सैलुङ ,व्युटिपार्लर तथा भिडभाड हुने कुनै पनि गतीविधी गर्न नपाइने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो । निषेधाज्ञाको समय सोमबार राति १२ बजे समाप्त भएपछि आज जिल्ला संकट व्यवस्थापन समितीको बैठक बसी यस्तो निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्