पोख्रेलको श्रद्धाञ्जलीसभा – Kanika Khabar
Sunday, March 15Nepali News Portal

पोख्रेलको श्रद्धाञ्जलीसभा

    मा प्रकाशित

दाङ,२३ भदौ । नेपाली काग्रेस घोराही नगर सल्लाहकार नारायण पोख्रेलको निधनको तेह्रौं दिनको तिथीमा नेपाली काग्रेस घोराही १७ नम्बर वार्ड इकाईले श्रद्धाञ्जलीसभा गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ कर्जाही निबासी काग्रेसका सक्रिय सदस्य पोख्रेलको ६४ वर्षको उमेरमा निधन भएको थियो । वडा इकाई संयोजक बुझाउना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै नेपाली काग्रेसका पूर्व जिल्ला सभापती बिरकेशरी गौतमले २०३६ सालदेखी पार्टीका पक्षमा काम गर्दै आएका पोख्रेलको निधनले पार्टीले कुशल सँगठन कर्ता गुमाएको बताएका थिए ।

उनले स्वर्गीय पोख्रेल पार्टी राजनीतिमा मात्र नभइ समाज परिवर्तनका लागी निडर भएर अगाडी बढ्ने योद्धा भएको स्मरण गरेका थिए । नेपाली काग्रे घोराही नगरका पूर्व सभापती किरण रेग्मीले स्वर्गीय पोख्रेलले आफ्नो जागिरे जिवनमा पनि पार्टी र समाजका धेरै योगदान गरेको बताएका थिए ।

श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट धन्यवाद दिदै दाङ जिल्ला उद्योग वाणिज्यसँघका पूर्व अध्यक्ष समेत रहेका मधुसुदन बैद्यले स्वर्गीय नारायण पोख्रेलको जीवनीको बारेमा चर्चा गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्