प्रतिष्ठानलाई सशुल्क पिसिआर परीक्षण अनुमति – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रतिष्ठानलाई सशुल्क पिसिआर परीक्षण अनुमति

    मा प्रकाशित

दाङ, २३ भदौ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सशुल्क कोरोना भाइरसको पिसिआर परीक्षण अनुमति दिइएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर आवश्यक नागरिकहरुलाई पिसिआर परीक्षणको अनुमति दिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन कम्तीमा एक हजारको पिसिआर परीक्षण क्षमता भएको अवस्था भए पनि आवश्यक किट र भिटिएम सरकारले उपलव्ध नगराएको अवस्थामा प्रतिष्ठानले सशुल्क परीक्षणको अवधारणा अनुरुप अघि बढेको थियो ।

स्थानीयस्तरमै पिसिआर सेवा उपलव्ध भए पनि स्थानीय सरकार र प्रदेश सरकारले यसलाई चलायमान गराउन सकेका थिएनन् । अब सशुल्क परीक्षण शुरु भएपछि धेरै नागरिकहरुले यो सेवा लिन सक्नेछन् । प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले स्वास्थ्य मन्त्रालयले सोमवार मात्रै यो सेवाको स्वीकृति दिएको पुष्टि गरेका छन् ।

नेपाल सरकारले तोकेबमोजिम प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँ लिएर पिसिआर परीक्षण गरिने पनि प्रतिष्ठानले जनाएको छ ।नेपाल सरकारका विभिन्न निकाय तथा अन्य सरकारी एवै गैरसरकारी संघसंस्थाहरुले पनि पिसिआर परीक्षणलाइ अनिवार्य बायोडाटाका रुपमा लिएपछि पिसिआर परीक्षणका लागि दाङ जिल्लामा समस्या देखिएको थियो ।

पालिकाहरुको नम्ससँगै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नम्समा आधारित रहेका व्यक्तिहरु तथा संक्रमित व्यक्तिहरुको मात्र यहाँ परीक्षण हुँदै आएको थियो । आवश्यक परेको अवस्थामा स्वेच्छाले पिसिआर परीक्षण भने दाङमा सम्भव थिएन । यहाँका नागरिकलाई आवश्यक परेको अवस्थामा पिसिआर परीक्षण गर्न बुटवललगायत राजधानीसम्म पनि धाउनुपर्ने अवस्था थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्