नेसन्स लिग फुटबलमा पोर्चुगल र फ्रान्स विजयी – Kanika Khabar
Saturday, July 19Nepali News Portal

नेसन्स लिग फुटबलमा पोर्चुगल र फ्रान्स विजयी

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ
नेसन्स लिग फुटबलमा पोर्चुगलले जित हात पारेको छ । गएराति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले हराएको हो । यही खेलबाट क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गर्नुभएको छ । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाउनुभएको थियो । पोर्चुगलका कप्तान समेत रहनुभएका रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गर्नुभयो । उहाँले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पु¥याउनुभएको छ । रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बन्नुभयो । पछिल्लो नतिजासँगै पोर्चुगलले नेसन्स लिग फुटबलको सुरुवाती दुवै खेलमा जित निकालेको छ । नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४–२ को जित आत्मसाथ गरेको छ । ओलिभर जिराउडले करियरको ४० औं अन्तराष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्