आज विश्व फिजियोथेरापी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै – Kanika Khabar
Wednesday, April 23Nepali News Portal

आज विश्व फिजियोथेरापी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ ।


विश्व फिजियोथेरापी दिवस मंगलबार दाङसहित देशभर विविध कार्यक्रम गरेर मनाइएको छ । यसैक्रममा नेपाल फिजियोथेरापी संघ प्रदेश ५ को दाङ शाखाको अगुवाइमा घोराहीमा पनि ड्युटीमा रहेका प्रहरी र ट्राफिक प्रहरीहरुलाई कार्यालय र सडकमै पुगेर मास्क र सेनिटाइजर सहयोग गरिएको छ ।

कोरोनाको महामारीको बेला स्वास्थ्य सुरक्षा सामग्रीको अभाबमा सडकमा जनताको सुरक्षा गरिरहेका प्रहरीलाई सम्झिएर आफैं सडकमा पुगेर स्वास्थ्य सुरक्षा सामग्री अन्तरगत मास्क र सेनिटाइजर सहयोग गरिएको अभियानका सहजकर्ता फिजियोथेरापिस्ट सुमन केसिले जानकारी दिए । उनले करिब २ सय बढी ड्युटीमा र कार्यालयमा रहेका प्रहरी र ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको बताए । जिल्लामा फिजियोथेरापिस्ट सुजिय ठाकुरको नेतृत्वमा सो अभियान सन्चालन गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्