कनिका खबर
भदौ २४, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।
मन्त्रालयका पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।