नेकपाका दुइ अध्यक्षबीच छलफल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेकपाका दुइ अध्यक्षबीच छलफल

    मा प्रकाशित

कनिका खबर
भदौं २४, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि छलफल भएको छ । छलफलमा स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा पर्सि शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारिएको छ । दुई अध्यक्षको भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामका बारेमा समेत छलफल भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्