खाद्य संस्थान डिपो कार्यालय कोल्टीमा चामल ढुवानी प्रक्रिया सुरु – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

खाद्य संस्थान डिपो कार्यालय कोल्टीमा चामल ढुवानी प्रक्रिया सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं २५, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर दुईमा रहेको खाद्य संस्थान कोल्टीमा खाद्यान्न ढुवानी प्रक्रिया सुरु भएको छ । कोल्टी खाद्य संस्थान डिपोमा अहिलेसम्म एकसय १८ क्वीन्टल खाद्यान्न ढुवानी भएको कार्यालयले जनाएको छ । संस्थानमा चामल अभाव भएको लामो समय वितिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण संस्थानमा खाद्यान्न ढुवानी हुन सकिरहेको थिएन । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा रहेको एकमात्र खाद्य संस्थान डिपो कार्यालय कोल्टीमा खाद्यान्न अभाव भएको विभिन्न सञ्चार माद्याममा समाचार आएपछि संस्थानमा खाद्यान्न ढुवानी प्रक्रिया सुरु भएको हो । तत्कालका लागि कोल्टी संस्थामा बर्दियाको राजापुर खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय र खाद्य संस्थान कार्यालय मार्तडीबाट खाद्यन्न ढुवानी भएको खाद्य संस्थान कोल्टीले जनाएको छ । निरन्तर वर्षातका कारण सडक अवरुद्ध हुदा खाद्यान्न ढुवानीमा समस्या भएको बाजुरामा हवाई सेवा तथा खच्चर मार्फत् अहिले धमाधम चामल ढुवानी भइरहेको छ । बुधबारसम्म बर्दियाको राजापुर कार्यालयबाट ३५ क्वीन्टल र खाद्य संस्थान कार्यालय मार्तडीबाट ८३ क्वीन्टल गरी जम्मा १ सय १८ क्वीन्टल खाद्यान्न ढुवानी भएको खाद्य संस्थान कार्यालय कोल्टीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्