कनिका खबर
भदौ २५, बाग्लुङ ।
बागलुङको ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोबाइल चार्ज गर्दै गर्दा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।
प्रहरीले दिएको अनुसार मोबाइल चार्जमा राख्ने क्रममा ताराखोला गाउँपालिका – ३ स्थित आफ्नै घरमा परेको चट्याङले बुधबार राति घाइते भएका भीमबहादु बस्नेतको उपचारमा क्रममा मृत्यु भएको हो ।
प्रहरी चौकी ताराखोलाका प्रमुख सई युवराज सलामिका अनुसार टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्य केन्द्रले गए राति नै मृत घोषणा गरेको थियो ।