कोरोना सङ्क्रमितकोे संख्या ५० हजार नाघ्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना सङ्क्रमितकोे संख्या ५० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर

भदौ २५, काठमाडौं 

नेपालमा कोरोना सङ्क्रमितकोे संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले  नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।  यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर एक हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।  यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित १४ हजार ४ सय ४८ छन् भने ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो ।  मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ८ लाख १० हजार ४८५ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा जम्मा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्