कोरोना महामारी मार्गदर्शन कार्यान्वय, स्थानीय तहमा अन्यौलता – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना महामारी मार्गदर्शन कार्यान्वय, स्थानीय तहमा अन्यौलता

    मा प्रकाशित

कनिका खबर
भदौ २५, रामेछाप
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी मार्गदर्शन २०७६ कार्यान्वय गर्ने विषयमा स्थानीय तहमा अन्यौलता देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको कोरोना महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धी मार्गदर्शन २०७६ कार्यान्वयनमा रामेछापका स्थानीय तहमा अन्यौलता देखिएको हो । सरकारले मार्गदर्शन जारी गरेको करिब ४ महिना वितिसक्दा रामेछापका अधिकांश स्थानीय तहमा मार्गदर्शन कार्यान्वयनमा अन्यौलता देखिएको छ । सरकारले गत चैतमा स्थानीय तह, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रस, गैरसरकारी संस्थाका प्रतिनिधि र सामुदायिक स्वयंसेवकहरुको सहभागितामा स्थानीय तहका हरेक वडाहरुमा फिल्ड समुदाय स्तरको कोरोना रोकथाम (कोभिड–१९ प्रीभेन्सन सिपिजी) गठन गरी परिचालन गरेर संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मार्गदर्शन २०७६ जारी गरेको थियो ।

६ वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको रामेछाप जिल्लामा कोरोना रोकथाम स्वयंसेवक समूह गठन गर्ने क्रममा एकरुपता देखिएको छैन । कतिपय स्थानीय तहले मार्गदर्शन बमोजिम स्वयंसेवक समूह गठन गरेका छन् भने कतिपयले आफ्नै तरिकाले गठन गरेका छन् । लिखुतामाकोशी गाउँपालिकाले समूह गठन गरे पनि हालसम्म परिचालन गर्नु नपरेको बताएको छ । खाँडादेवी गाउँपालिकाले मार्गदर्शन बमोजिम गठन गरेर परिचालन गरेको र सो वापतको खर्च गाउँपालिकाले नै व्यवस्था गरेको स्वास्थ्य शाखा संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले मार्गदर्शन बमोजिम कोरोना रोकथाम स्वयंसेवक समूह गठन गरेर परिचालन गरेको स्वास्थ्य शाखाका संयोजक दिपेन्द्र पैकडाले जानकारी दिनुभयो । तर, परिचालन गरिएका स्वयंसेवकहरुलाई खाजा, खाना र प्रोत्साहन वापतको रकम दिने विषयमा हालसम्म पनि बजेटको व्यवस्था नहुँदा भुक्तानी दिन नसकिएको उहाँले बताउनुभयो । रामेछाप नगरपालिका, मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, सुनापति गाउँपालिका मध्ये कतिपयले समूह गठन गरि परिचालन गरेका छन् भने कतिपयले परिचालन नै गरेका छैनन् । केही पालिकाले खाजा, खाना र प्रोत्साहनको समेत व्यवस्था नगरी परिचालन गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्