कनिका खबर
भदौ २५, दाङ ।
१३ वर्षपछि बाराका पत्रकार विरेन्द्र साहको हत्यारा पक्राउ परेका छन् । पत्रकार साहको हत्यामा संलग्न फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ्हो ।
बाराको सदरमुकाम कलैयास्थित कोल्हवी ४ सपही टोलबाट हरेराम पटेललाई विहीवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।
महागढीमाई नगरपालिका वडा नं। २ तेलकुवा घर भएका पटेल लुकी छिपी बस्दै आएका थिए ।
पत्रकार साहको हत्या भएको १३ वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका बाराका जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितले २०६४ असोज १८ गते बाराको ढोडिया पिपरा बजारबाट अपहरण गरेका थिए ।
अपहरण गरेका ३४ दिन पछि साहको शव २०६४ कार्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।