सीपीएलको उपाधि ट्रिनबागोको पोल्टामा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सीपीएलको उपाधि ट्रिनबागोको पोल्टामा

    मा प्रकाशित

कनिका खबर
भदौ २६, दाङ
ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो । ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो । यस्तै ट्रिनबागोले तेस्रो पटक सीपीएलको उपाधि जितेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय इनिङ्स खेल्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो । सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोड्नुभयो । यस अघि ट्रिनबागोले सेमिफाइनलमा जमैका तलाबाजलाई हराएको थियो । सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई हराएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्