कनिका खबर
भदौ २६, दाङ ।
देशको अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार तीन दिनसम्म हल्कादेखि मध्यम वर्षाको हुने छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पवभागले बताएको छ ।
विभागका अनुसार प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
मा प्रकाशित