६ सय थान भिटियम राप्ती स्वास्थ्य प्रतिष्ठानमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

६ सय थान भिटियम राप्ती स्वास्थ्य प्रतिष्ठानमा

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २५, दाङ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँगको बुटवल भेटपछि दाङको एक प्रतिनिधिमण्डल दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको वृहत्तर विकासका लागि काठमाडौं डेलिगेसनका लागि पुगेकाे छ । नेपाल निर्माण ब्यबसायी महासघ प्रदेस ५ का अध्यक्ष बलिभद्र राना र नेकपा रोल्पाका युबा नेता कुमार दसौदीको अगुवाइमा स्वास्थ्य मन्त्रालयमा डेलिगेसनका लागि गएको हाे ।

कोरोनाको महामारीको बेला आवश्यक बजेट विनियोजनसहित प्रतिष्ठानको विकासका लागि सबैखाले पहलकदमी लिने गरी दाङको प्रतिनिधि मण्डल काठमाडौं डेलिगेसन गएको हो । डेलिगेसनको अगुवाइ गर्दै जानु भएका रानाले घर आँगनको अस्पतालमा चरम राजनीति गरेर गलत काम गरिएको भन्दै स्वास्थ्य मन्त्रालयमा आएर स्वास्थ्य मन्त्रीसहित मन्त्रालयका महत्वपूर्ण व्यक्तिसँग भेट्दा प्रतिष्ठानको बारेमा गलत कुरा गरेर दङालीलाई घात गर्ने काम भएको भन्दै अब त्यस्तो नहुने समेत बताए ।

डेलिगेसन भेटघाटमा प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारी पनि गएकी हुन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल अस्पताल बनाउने कुरामा अत्यन्तै सकारात्मक रहेकाे र आउँदो वर्षका लागि अस्पतालले बजेट आउने समेत जानकारी दिए। नेताद्वय राना र दसौदीको अगुवाइमा रहेको डेलिगेसन टाेलिले काठमाडौं जानुपूर्व प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीसहित मुख्यमन्त्री पोखरेलसँग पनि बुटवलमा भेटघाट गरेको थियो । पोखरेलले अस्पताललाई राम्रो बनाउने सवालमा आफू बजेटसहित सबै शक्ति लगाएर सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको डेलिगेसन टाेलिमा रहेका दाङ जिल्ला उबासंघका अध्यक्ष नारायण भुसालले बताए ।

मुख्यमन्त्री नै आफै लागेकाले अस्पतालले मुहार फेर्ने आफ्नो बिश्वास रहेको र उपकुलपतिले बजेटसहित कार्यक्रम ल्याए त्यसका लागि सहयोग गर्ने पनि बचन दिएको अध्यक्ष भुसालको भनाइ छ ।

डेलिगेसन टाेलीकै पहलमा स्वाब लिन जाँदा आवश्यक पर्ने भिटियम आउन लागेको टाेली सदस्य नेपाल उबामहासघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ भारीले जानकारी दिए । प्रतिष्ठानमा भिटियमको अभाव हुँदा स्वाब ल्याउन जानका लागि अप्ठ्यारो हुँदै आएको थियो । प्रतिष्ठानमा ६ सय थान भिटियम आउन लागेको नेकपा युवा नेता कुमार दसौदीले जानकारी दिए । डेलिगेसन टाेलीले किट मागेकोमा मन्त्रालयको टाेलीले छिट्टै पठाइदिने आश्वासन दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्