नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सामान्य सुधार – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सामान्य सुधार

    मा प्रकाशित

कनिका खबर
भदौं २६, काठमाडौं
नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सामान्य सुधार आएको पाइएको छ । नेपालले आर्थिक स्वतन्त्रतामा गत वर्षको तुलनामा एक स्थान सुधार गरेको ग्लोबल इकोनोमिक फ्रिडम २०२० वार्षिक प्रतिवेदनमा उल्लेख छ । कुल १ सय ६२ मुलुक सहभागी रहेको यो सूचीमा नेपाल १ सय ९ स्थानमा छ । क्यानडाको फ्रेजर इस्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेसनले सार्वजनिक गरेको विश्वव्यापी प्रतिवेदनमा नेपाल आर्थिक स्वतन्त्रता सूचीमा एक स्थान सुधार गर्न सफल भएको पाइएको छ । गत वर्ष नेपालको स्थान १ सय १० रहेको थियो । समृद्धिले विगत डेढ दशकदेखि नेपालमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
आर्थिक स्वतन्त्रताको सबैभन्दामाथि हङकङ पहिलो स्थानमा छ । सिंगापुर दोस्रो स्थानमा रहेको छ । त्यसपछि उत्कृष्ट आर्थिक स्वतन्त्रताका १० मुलुकमा क्रमशः न्यूजिल्याण्ड, स्वीट्जरल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मौरिसस, जर्जिया, क्यानडा र आयरल्याण्ड रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्