कपिलवस्तुमा दुई बिओपी भवन उद्घाटन् – Kanika Khabar
Sunday, July 19Nepali News Portal

कपिलवस्तुमा दुई बिओपी भवन उद्घाटन्

    मा प्रकाशित

कनिका खबर
भदौं २६, कपिलवस्तु
कपिलवस्तुमा दुई स्थानमा बर्डर आउट पोष्ट (बिओपी) भवन आज उद्घाटन गरीएको छ । जिल्लाको विजयनगर गाउँपालिकाको डालपुर र कृष्णनगर नगरपालिकाको भिल्मीमा निमार्ण गरिएको भवनको बिन्धवासीनी वाहिनी प्रदेश नम्वर ५ का बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले औपाचारीक रुपमा समुद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै बाहिनीपती प्रधानले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती हुने गरी काम गर्न समेत निर्देशन दिनुभयो । सीमा क्षेत्रमा रहेको बिओपीलाई आम नागरिकहरुले सहयोग चाहिने भएकोले सहयोगको लागि अपिल गर्नुभयो । बिओपीले सीमा सुरक्षाका लागि चौबिसै घण्टा सुरक्षा दिने, सबै खाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने उहाँले बताउनुभयो । यसका साथै सिमा क्षेत्रमा गस्ती गर्ने र सीमा सुरक्षा निगरानी गर्ने प्रधानले बताउनुभयो । डालपुरमा रु १ करोड ९३ लाखको लागतमा र भिल्मीमा रु ७५ लाख ९० हजार को लागतमा भवन निमार्ण भएको सशस्त्र प्रहरी बल २८ नम्वर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक धुव्र बहादुर कार्कीले बताउनुभयो । कपिलवस्तुमा २० वटा बिओपी थप गर्ने चरणमा रहेकोले असोज महिनामा पहिलो चरणमा ५ वटा बिओपी कार्यलय संचालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्