पर्वतको कुश्माबजार एक साता शिल – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

पर्वतको कुश्माबजार एक साता शिल

    मा प्रकाशित

कनिका खबर
भदौं २७, पर्वत
यात्रा विवरण नै नभएका व्याक्तिलाई कोरोना सङ्क्रमण देखिएपछि पर्वतको कुश्मा बजार शिल गरिएको छ । स्थानीय प्रशासनले कुश्मा बजार क्षेत्र एक साताका लागि शिल गर्ने निर्णय गरेको हो । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा हिजो गरिएको परीक्षणमा कुश्मा–३ का ६८ वर्षीय पुरुष र कुश्मा–३ का २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक बैठकले कुश्मा बजार शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडा आगामी असोज ३ गतेसम्म शिल गर्ने निर्णय भएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार राजमार्गमा चल्नेबाहेक बजारक्षेत्रमा सार्वजनिक र निजी सवारी, बजारका पसल तथा अत्यावश्यक बाहेकका सेवा बन्द रहनेछन् । आगामी असोज २ गतेसम्म अत्यावश्यक सेवाभित्र पर्ने बैंक तथा वित्तिय संस्था, शहकारीसहित सरकारी कार्यालय समेत बन्द रहनेछन् । दुई जनामा कोरोना पुष्टि भएसँगै पर्वतमा कोरोना सङ्क्रमितको संख्या १ सय १२ पुगेको छ । यसअघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जना आइसोलेसनमा उपचाररत छन् । यसअघि असार दोस्रो साता पर्वतको कुश्मा र मोदी गाउँपालिकाका केही समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्