बालिका बलात्कार आरोपमा धादिङका एक युवक पक्राउ – Kanika Khabar
Saturday, October 24Nepali News Portal

बालिका बलात्कार आरोपमा धादिङका एक युवक पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं २७, धादिङ
१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।

बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्