भक्तपुर हत्या घटना थप रहस्यमय बन्दै – Kanika Khabar
Sunday, July 19Nepali News Portal

भक्तपुर हत्या घटना थप रहस्यमय बन्दै

    मा प्रकाशित

कनिका खबर
भदौं २७, भक्तपुर
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९, निकोसेरास्थित आफ्नै निवासमा एकै परिवारका तीन जनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७ सय मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा एउटा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, उहाँका श्रीमती ३४ वर्षीय सम्झना र १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । मध्यपुरथिमि नगरपालिका–६, कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी हिजो दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटना बाहिर आएको थियो । भाइ सुनिलका अनुसार घरको मूलढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जानेबित्तिकै केही गन्ध आयो । घरको मूलढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकलमाथि थियो । भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मृत भेटिएको थियो । सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैंले आत्महत्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्