मा प्रकाशित
कनिका संवाददाता
बैशाख २५, दाङ ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नाघेको छ। ११ दिनको अवधिमा यो संख्या दोब्बर भएको हो ।
योसँगै भारतमा अर्थतन्त्रलाई असर नपार्ने हिसाबले सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णयले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढाएको छ।
बुधबार मात्र भारतमा ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ। यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको ज्यान गएको छ।