छाक टार्न मुस्किल परेकालाई खाद्य सामग्री वितरण – Kanika Khabar
Monday, August 10Nepali News Portal

छाक टार्न मुस्किल परेकालाई खाद्य सामग्री वितरण

    मा प्रकाशित

कनिका खबर
भदौं २७, सिन्धुपाल्चोक

कोभिड १९ ले भएको बन्दाबन्दीका कारण छाक टार्न समस्या भएका व्यक्ति तथा परिवारका लागि थापा ईन्टरप्राईजेज चौताराले खाद्यान्न समाग्री सहयोग गरेको छ । लामो बन्दाबन्दी भएपछि हातमुख जोड्न मुस्किल परेका १२ जनालाई शनिबार आज थापा ईन्टरप्राईजेज चौताराका प्रोपाईटर भुपेन्द्र थापाले रेडियो सिन्धुको समन्वयमा सामाग्री प्रदान गरीएको हो ।

यी विपन्न परीवारलाई प्रति परिवार १ बोरा चामल ,दाल, तेल ,नुन, साबुन, माक्स , मस्यउरा लगायतका सामग्रि दिएको हो । अरुबेला पनि छाक टार्न कठिन भएकाहरु झन अहिले बन्दाबन्दिका बेला दैनिकि गुजारा चलाउन समस्यामा रहेकाले यो राहत पाएपछि उनिहरुले खुसी ब्यक्त गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्तरबाट लक डाउनको सुरुवातमा राहत बाँडिरहँदा थप सहयोग गर्ने उद्देश्यका साथ सरकारी राहत लिन छुटेका तथा दुई छाक टार्न संघर्ष गरिरहेका परिवारलाई सहयोग गरीएको रेडियो सिन्धुका कोषाध्यक्ष दिलमाया थापाले जानकारी दिनुभयो । यसअघि थापा ईन्टरप्राईजेजका प्रोपाईर भुपेन्द्र थापाले ईन्द्रावती गाउँपालिका कुन्चोकका ५२ परीवारलाई सहयोग खाद्य सामग्री दिनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्