नाकपुजे पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटियो – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

नाकपुजे पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटियो

    मा प्रकाशित

कनिका खबर
भदौं २८, सिन्धुपाल्चोक
लगातारको बर्षाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ । नाकपुजे पहिरोमा पुरिएका मध्ये एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । ठूलो मानवीय क्षति भएको हुन सक्ने खबर सुनेर आफू घटनास्थल हिडेको उहाँले बताउनुभयो । ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्