इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं २८, दाङ
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४₋३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो । च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ । इपियलमा आर्सनलले सानदार सुरुवात गरेको छ । शनिबार फुलहमलाई ३₋० गोल अन्तरले पराजित गर्दै आर्सनलले सानदार सुरुवात गरेको हो । जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै, क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १₋० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गर्नुभएको थियो । जितसँगै क्रिस्टलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । क्रिस्टल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्