प्रहरी हवल्दारमाथि चक्कु प्रहार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रहरी हवल्दारमाथि चक्कु प्रहार

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।
वडा प्रहरी कार्यालय दाङ दरवन्दीका प्रहरी हवल्दार खडक खत्रीमाथि छुरा प्रहार भएको छ । गएराति जिप्रकाकै अगाडि रहेको होटलमा ३७ वर्षीया प्रहरी हवल्दार खत्रीलाई होटलमा बोलाएर भित्र लगी साहुनीले छुरा प्रहार गरेको ५ नम्बर प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले जनाएका छन् ।
प्रवक्ता वैदवारका अनुसार ‘ बर्ष ४० की ईन्द्रा थापाले आफ्नै सुर्खेती होटलमा व।प्र।का।लमही दाङ दरवन्दीका बर्ष ३७का प्र।ह।खड्क ब।खत्रीलाई बोलाई होटल भित्र लगी एक्कासी चक्कु प्रहार गरी टाउको, नाक र ढाडमा चोट लागी घाईते भई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भई रहेको, निज महिलालाई चक्कु सहित नियन्त्रणमा लिएको र जि.प्र.का.दाङबाट थप अनुसन्धान भई रहेको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्