कनिका संवाददाता
बैशाख २५, दाङ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना संक्रमण भएनभएको परीक्षण आज गरिने भएको छ । संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सदस्य र राष्ट्रिय सभाका सदस्यहरुको पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु हुनेछ । कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनकै ल्होत्से हलमा मिलाइएको छ । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको तयारी छ । सांसदहरुको जाँच गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । भोलिदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ ।
मा प्रकाशित