दाङमा लकडाउन खुकुलो : भोलिदेखि दाङमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ने, सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने – Kanika Khabar
Saturday, July 25Nepali News Portal

दाङमा लकडाउन खुकुलो : भोलिदेखि दाङमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ने, सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।
दाङ जिल्लामा भोलि सोमबारदेखि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दाण्ले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

भोलि सोमबारदेखि अर्को सुचना जारी नहुँदासम्मका लागि सबै किसिमका व्यापार व्यवसायहरु बेलुका ७ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

उद्योग , कलकारखाना तथा विकास सनर्माण सम्बन्धी कार्यहरु कामदार कार्यस्थल भित्र रही सञ्चालन गर्न सकिने बताइएको छ , जिल्लाभित्र सञ्चालन हुने सबै विसिमका सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ ।

सबै सरकारी तथा बैंक एवम् वित्तीय संस्थाहरु सीमित कर्मचारी राखेर सञ्चालन गर्ने निर्देशन दिइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्