युवा नेता प्रेम बुढाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरे – Kanika Khabar
Friday, September 11Nepali News Portal

युवा नेता प्रेम बुढाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरे

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।

नेकपाका युवा नेता प्रेम बुढाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

उनले दुइखोलीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरुलाई निशुल्क रुपमा मास्क र सेनिटाइजर सहयोग गरेका हुन । कोरोनाको महामारीको समयमा अग्रपंतीमा खटिने प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन ।

दुर्इखोली प्रहरी चौकी इन्चार्ज जीवन केसीलाई बुढाले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन । कोरोनाको महामारीको समयमा जनतासँग प्रत्यक्ष रुपमा खटिएर सेवा गर्ने प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गर्ने बढालाई इन्चार्ज केसीले धन्यवाद दिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्