सिन्धुपाल्चोकका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न काँग्रेसको माग – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

सिन्धुपाल्चोकका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न काँग्रेसको माग

    मा प्रकाशित

कनिका खबर
भदौ २८, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा जोखिममा रहेका वस्तीहरू सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.७ का तीन स्थान— नागफुजे, भीरखर्क र नेवार टोलमा पहिरो जाँदा मृत्यु भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै आज जारी गरी शोक वक्तव्यमा जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न माग गरेका हुन् ।

प्राकृतिक विपतको यस घडीमा वेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु—खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न पनि सभापति देउवाले सरकारसँग आग्रह गरे । ‘सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भविद्हरूले औंल्याएका जोखिमका वस्तिहरूका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब सार्न प्रधानमन्त्रीकेपी शर्मा ओलीजीको ध्यानाकर्षण गराउँदछु ।’ सभापति देउवाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्