असोज १ गते घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

असोज १ गते घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।
विश्व विरामी सुरक्षा दिवसको अवसरमा आगामी असोज १ गते घरघरमा दीप प्रज्वलन गर्न नेपाल सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको हो ।

स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए ।

यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्