रोल्पाको माडी गाउँपालिकाद्वारा असोज २ गतेबाट बिद्यालय खोल्ने निर्णय – Kanika Khabar
Sunday, July 26Nepali News Portal

रोल्पाको माडी गाउँपालिकाद्वारा असोज २ गतेबाट बिद्यालय खोल्ने निर्णय

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, रोल्पा
रोल्पाको माडी गाउँपालिकाले संघीय सरकारको निर्देशिका बमोजिम असोज एक गतेबाट प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने भएको छ । गाउँ शिक्षा समितिको निर्णयअनुसार गाउँपालिकामा रहेका ३३ वटा समुदायिक बिद्यालय र २ वटा संस्थागत विद्यालयहरू असोज एक गतेबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत परशुराम ढकालले जानकारी दिनुभयो । भाद्र २८ गते बसेको शिक्षा समितिको बैठकको निर्णय हिजो सार्वजनिक गर्दै विद्यालयमा विद्यार्थीलाई नै बोलाएर पढाइ सञ्चालन गरिने गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो । लामो समयदेखि विद्यार्थीहरू पढाइबाट बञ्चित रहेको र यस स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएकाले पठनपाठन सञ्चालन गर्ने निर्णयमा पुगेको गाउँपालिकाले जनाएको छ । संघीय सरकारले पनि असोज एक गतेबाट बिद्यार्थीको पढाइलाई निरन्तरता दिन मन्त्रीस्तरको गत भाद्र १९ को निर्णयले सिकाइ सहजीकरणको निर्देशिका तयार पारेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्