इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको शानदार सुरुवात – Kanika Khabar
Saturday, August 15Nepali News Portal

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको शानदार सुरुवात

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, दाङ
इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले शानदार सुरुवात गरेको छ । क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो । आज बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को जित निकाल्यो । जितसँगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ । त्यसअघि सोमबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २—० गोल अन्तरले पराजित गर्दै उल्भर ह्याम्पटनले विजयी सुरुवात गरेको छ । सेफिल्डको मैदानमा उल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रोमेन साइसले एक एक गोल गर्नुभएको थियो । जितसँगै पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेर उल्भ्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्